लुम्बिनी

रुपन्देही–५ मा रास्वपा उम्मेदवारको फराकिलो अग्रता

बुटवल, २२ फागुन । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर ५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तौफिक अहमद खानले प्रारम्भिक चरणमै फराकिलो अग्रता लिएका छन् ।

हालसम्म १,५६२ मत गणना हुँदा खानले ९२५ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी खिमलाल भट्टराई (नेकपा एमाले) ले २६८ मत ल्याएका छन् भने भरतकुमार शाह (नेपाली कांग्रेस) ले १९८ मत पाएका छन् ।

यसैगरी श्रम संस्कृति पार्टीका उम्मेदवारले ९० मत प्राप्त गरेका छन्। मोहम्मद वकिल मुसलमान (नेपाल कम्युनिस्ट पार्टी) ले ३३ मत पाएका छन् भने मिनप्रसाद घिमिरे (राष्ट्रिय प्रजातन्त्र पार्टी) ले १८ मत प्राप्त गरेका छन् ।

रुपन्देही–५ मा कुल १ लाख ३४ हजार ४ सय ४२ मतदाता रहेका छन्। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने जनाइएको छ ।