समाचार

जुम्लाबाट राप्रपाको पहिलो अग्रता, ज्ञानेन्द्र शाही अगाडि

काठमाडौं, २२ फागुन । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत देशभरका ५० भन्दा बढी निर्वाचन क्षेत्रको मतगणना हुँदा कमजोर देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले पहिलोपटक अग्रता हासिल गरेको छ।

जुम्ला निर्वाचन क्षेत्रमा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले अग्रता लिँदै पार्टीको अग्रताको खाता खोलेका हुन्। प्रारम्भिक मतगणनाअनुसार करिब ३०० मत गणना हुँदा शाहीले १३५ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार नरेश भण्डारीले १०३ मत ल्याएका छन्।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाहीले २५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार शान्तिलाल महतले २३ मत पाएका छन्।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले २ मत मात्र प्राप्त गरेका छन् भने १० मत बदर भएको जनाइएको छ।

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने निर्वाचन अधिकृतले जनाएका छन्।