अपराध

दुई दिनदेखि हराएका युवकको शव फेला

३० फागुन, कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र बुढाको शव भेटिएको परेको छ ।

उनको शव आज नरहरिनाथ-२ स्थित मजिउन खोला र बुक खोलाको बीचमा भेटिएको हो । उनी बिहीबार खाना खाएर घरबाट निस्किएका थिए । । त्यसपछि सम्पर्क हुन नसकेको परिवार स्रोतले जनाएको छ ।

आज दिउँसो बालुवा लिन गएका स्थानीयले खोलाको बीचमा शव देखेपछि कुमाल गाउँ प्रहरी चौकीलाई खबर गरेका प्रहरी निरीक्षक गणेश ज्ञवालीले बताए । “उनको शव सडकबाट ५०० मिटर तल खोला नजिकै पाइएको हो । यसबारे घटनाको अनुसन्धान भइरहेको छ”, उनले भने ।