३० फागुन, गोरखा । मनकामना दर्शन गरेर फर्किँदै गरेको एउटा ईभी माइक्रो गोरखामा दुर्घटनामा परेको छ।
शनिबार ३० फागुनमा बागमती प्रदेश ००६ ख ८४३० नम्बरको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटार क्षेत्रमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। उक्त माइक्रोमा भारतीय नागरिकहरू पनि सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
दुर्घटनामा केही यात्रु घाइते वा हताहत भएको आशंका गरिएको छ। घटनालगत्तै प्रहरी र स्थानीय बासिन्दाहरू उद्धार कार्यमा खटिएका छन्।
दुर्घटनाको कारण र क्षतिको यकिन विवरण भने अहिलेसम्म सार्वजनिक भइसकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।





