समाचार

हावाहुरीले छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या

४ चैत, भोजपुर । हावाहुरीले ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या भएको छ।
गुल्म प्रमुख दिब्यराज कोइरालाका अनुसार हावाहुरीले सुरक्षाकर्मीलाई समस्या पारेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख राजु लामाले क्षतिको विवरण संकलन भइरहेको बताए।
भोजपुर । हावाहुरीका कारण ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या भएको छ । हावाहुरीले भोजपुर नगरपालिका–१२, कोटडाँडास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गुल्म हेडक्वाटरको ब्यारेकको छाना उडाएको हो ।

सोमबार रातिको हावाहुरीले ब्यारेकका छाना उडाएपछि बसोबासमा समस्या भएको गुल्म प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक दिब्यराज कोइरालाले जानकारी दिए । उनका अनुसार हावाहुरीसँगै वर्षात हुने भएकाले कार्यरत सुरक्षाकर्मीलाई सहज रूपमा बसोबासमा समस्या भएको हो ।

हावाहुरीले भोजपुरमा भौतिक संरचनामा बढी क्षति पुर्‍याएको छ । जिल्लामा घरका छाना विद्यालयका छाना, स्वास्थ्य संस्था, रेडियोको टावर, नेपाल टेलिकमको टावर लगायतमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राजु लामाले बताए । उनका अनुसार अहिले क्षतिको विवरण सङ्कलन भइरहेको छ ।

हावाहुरीले भौतिक संरचनामा क्षति पुर्‍याएकाले विवरण सङ्कलन भए पश्चात् राहतका विषयमा जिल्ला विपद् व्यवस्थापन समितिमा छलफल गरिने जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी राजन पौडेलले जानकारी दिए । स्थानीय तहहरूले राहत तथा विवरण सङ्कलन गरिरहेका छन् ।