समाचार

पूर्वप्रधानमन्त्री देउवा सिंगापुरबाट हङकङ प्रस्थान

७ चैत, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री **शेरबहादुर देउवा सिंगापुरमा नियमित स्वास्थ्य उपचार पूरा गरेपछि हङकङ गएका छन्।

उनको सचिवालयले जनाएको छ कि देउवा हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुने कार्यक्रममा छन्। यसपछि उनी स्वदेश फर्किने योजनामा रहेका छन्।