आर्थिक

सुनको मुल्य तोलामा २९ सय रुपैयाँले घट्यो

१२ चैत, काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार (चैत १२) सुन तोलामा २९ सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार, आजको मूल्य प्रतितोला दुई लाख ८५ हजार ६०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन दुई लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको भाउ पनि घटेको छ । यस दिन तोलमा १०० रुपैयाँले घटेर चार हजार ८२० कायम भएको छ । अघिल्लो दिन चार हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।