समाचार

बालेन सरकारले प्रतिशोध र पूर्वाग्रहको झल्को दियो, आजैदेखि आन्दोलन गर्छाैं : महेश बस्नेत

महेश बस्नेत

१४ चैत, काठमाडौं । आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेका सचिव महेश बस्नेतले आक्रोश व्यक्त गरेका छन् ।

बस्नेतले सामाजिक सञजाल फेसबुकमा स्टाटस् राख्दै बालेन सरकारले प्रतिशोध र पूर्वाग्रहको झल्को दिएको बताएका छन् ।

साथै उनले सरकारको यो कदमको आजैबाट बिरोध गर्ने चेतावनी पनि दिएका छन् । प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य-मान्यताको रक्षा गर्न, एमालेले आजदेखि प्रदर्शन सुरु गर्ने भन्दै प्रदर्शनका कार्यक्रम केहिबेरमा सार्वजनिक गर्ने बताए ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको उनको जिकिर छ । यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिएको उनको भनाइ छ ।

उनले अगाडी लेखेका छन् ‘सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौं संख्यामा खटिएको देख्दा दुःख लाग्छु’ ।