१९ चैत, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको जिल्ला सभापतिको भेला स्थगित गरिएको छ ।
मंगलबार र बुधबार गरी दुई दिन १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको भेला गरेको सो समूहले आजका लागि तय भएको जिल्ला सभापतिहरूको भेला स्थगन गरेको हो ।
कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको नेतृत्व पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेका छन् ।
भेलामा नेता शेखर कोइराला समूह मिलेर भेला आयोजना गरेको थियो । कोइराला समूहले भेला अनौपचारिक हुनुपर्ने सर्त राखेपछि बैठक तय गरिए पनि भेलामा रूपान्तरण गरिएको थियो ।
दुई दिन चलेको पूर्व केन्द्रीय सदस्यहरूको भेलाले समूहका नेताहरूको समेत आलोचना गरेको थियो । उनीहरुले पार्टी एकताको पक्षमा उभिनुपर्ने बताएका थिए ।
त्यसैगरी वर्तमान नेतृत्वसँग मिल्नुपर्ने र मिल्दाखेरि आफ्नो समूहको हैसियत देखिने गरी मिल्नुपर्ने पनि नेताहरुले बताएका थिए





