राजनीति

०६४ को अवसर गुम्यो, अब गल्ती दोहोरिँदैन : वर्षमान पुन

१९ चैत, काठमाडौं । नेकपा उपाध्यक्ष तथा सांसद वर्षमान पुन ले ०६४ सालको निर्वाचनमा पार्टीले पाएको मत सदुपयोग गर्न नसकेको स्वीकार गरेका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सम्बोधन गर्दै पुनले तत्कालीन नेकपा माओवादी ले पाएको बहुमतलाई सदुपयोग गर्न नसकेको बताए। उनले भने, “०६४ सालको चुनावमा तत्कालीन माओवादीले ठूलो विजय हासिल गरेको थियो। ०७४ सालमा हामी दुई दल मिलेर प्रतिस्पर्धा गर्‍यौँ। पछी हामीले पार्टी एकता गर्‍यौँ, तर त्यसलाई सदुपयोग गर्न सकेनौँ।”

उनले यो अनुभवलाई शिक्षाको रूपमा लिएर पार्टी र देशको हितमा अघि बढ्न आग्रह गर्दै, नेकपाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

सांसद पुनको यस अभिव्यक्तिले पार्टी एकता र विगतका अवसरहरू सदुपयोग नगर्नुबारे खुलेर आत्ममूल्यांकन गर्ने संकेत दिएको छ।