२० चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नागरिकभन्दा माथि सरकार नहुने बताएका छन्।
शुक्रबार बिहान सामाजिक सञ्जालमा सोफामा सुतिरहेको तस्बिर राख्दै उनले निर्माताभन्दा ठुलो निर्माण नहुने धारणा राखेका हुन्।
उनले लेखेका छन्, ‘निर्माताभन्दा ठुलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन।’
प्रतिनिधि सभाको पहिलो बैठक भएको भोलिपल्ट बिहानै गृहमन्त्री गुरुङले उक्त विचार सार्वजनिक गरेका हुन् ।






