समाचार

पुर्व प्रधानमन्त्री ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटको आज सुनुवाइ

२२ चेत, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध सर्वोच्चमा दायर बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि आज सुनुवाइ हुँदै छ ।

अदालतले यसअघि जारी गरेको कारण देखाऊ आदेशपछि विपक्षीबाट लिखित जवाफ आइसकेको बताइएको छ ।

गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते दुवैजनालाई पक्राउ गरेको थियो ।

पक्राउपछि नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीका तर्फबाट उनकी पत्नी राधिका शाक्यले गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै गएको चैत १५ गते बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी हुन् ।

भने नेपाली कांग्रेसका नेता समेत रहेका लेखकलाई पनि थुनामुक्त गर्न मागसहित उनकी पत्नी यशोदाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।