२२ चैत, काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दामा उनलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।
अग्रवाल शंकर ग्रुपअन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्षसमेत समेत हुन् । यसअघि शुक्रबार शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ परेका थिए ।
व्यवसायी दीपक भट्टसँगको शंकाष्पद कारोबारका आधारमा सुलभ र शंकर पक्राउ परेको प्रहरीले जनाएको छ । पहिले भट्ट पक्राउ परेका थिए । प्रहरीले यो विषयमा अनुसन्धान जारी राख्दै गर्दा आज शुलभलाई पनि पक्राउ गरेको हो ।





