२३ चैत, काठमाडौं । नेकपा एमालेले सरकार कानुनसम्मत नचले प्रतिवाद गर्ने चेतावनी दिएको छ ।
संसदमा विधिको शासन र संविधानप्रदत्त अधिकारको सुनिश्चिततामा जोड दिँदै सरकारलाई खबरदारी गर्ने उसको भनाई छ।
संघीय संसद सचिवालयले गरेको सर्वदलीय बैठकमा बोल्दै सांसद गुरु बरालले भने,‘विधिको शासन भित्र कानुनको परिपालनाको विषयमा हामी कुनै विवाद गर्दैनौं, त्यसलाई प्रवलीकरण गर्ने काममा हामी लाग्छौं।’
तर जहाँ कानुनको उल्लंघन हुन्छ, जहाँ विधिको शासनमा प्रश्न उठ्छ त्यो गम्भीर विषय हुने भएकाले प्रतिवाद गरिने उनले बताए।





