अपराध

मध्यरातमा गोली चलाएर प्रहरीले पक्राउ गर्यो लागूऔषध कारोबारीलाई

२४ चैत, काठमाडौं । काठमाडौंको गौशाला-पिंगलास्थान क्षेत्रबाट लागूऔषध कारोबारको आशंकामा २ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

मध्यराति लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर २ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरू लागुऔषध कारोबारमा संलग्न रहेको आशंका गरिएको छ। उनीहरू सवार गाडी समेत नियन्त्रणमा लिइएको जनाइएको छ।