२४ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज काभ्रेको रोशी खोला क्षेत्रको स्थलगत निरीक्षणमा जाने भएका छन् ।
वर्षायाममा हरेक वर्ष आउने बाढीका कारण स्थानीयवासीले समस्या भोग्दै आएको गुनासो बढेपछि उनी वस्तुस्थिति बुझ्न त्यसतर्फ जान लागेको उनको सचिवालयले जनाएको छ ।
रोशी खोलामा आउने बाढीले बस्ती र खेतीयोग्य जमिनमा क्षति पुर्याउँदै आएको छ । वर्षातको समयमा हुने जनधनको क्षति र स्थानीयको सास्तीबारे निरन्तर गुनासो आएपछि गृहमन्त्री गुरुङले टोलीसहित प्रत्यक्ष अवलोकन गर्ने कार्यक्रम तय भएको हो ।
निरीक्षणका क्रममा उनले बाढी प्रभावित क्षेत्रको वर्तमान अवस्था र उच्च जोखिममा रहेका बस्तीको वस्तुस्थितिबारे जानकारी लिनेछन् ।





