राजनीति

प्रधानमन्त्री बालेनले गरे राजदूतहरूसँग भेट, के भयो कुराकानी ?

२५ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र काठमाडौंस्थित डेढ दर्जनभन्दा बढी कूटनीतिक नियोगका प्रमुखहरूबीचको सामूहिक भेटवार्ता भएको छ ।

भेटवार्ता आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको थियो ।

भेटवार्तामा प्रधानमन्त्री शाहले डेढ दर्जनभन्दा बढी देशका राजदूतहरूलाई नेपालको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए ।