समाचार

उपसभामुखमा उम्मेदवारी दर्तापछि रुबि : अल्ली ठुलो जिम्मेवारी भयो, तर सक्छु

२६ चैत, काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा उम्मेदवारी गर्दा गरेकी श्रम संस्कृती पार्टीकी सासंद रुबि ठाकुरले आफुले जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

आज सञ्चारकर्मीका प्रश्नको संक्षिप्त प्रतिक्रिया दिँदै ठाकुरले आफूले ठुलो जिम्मेवारी पाएको तर त्यो जिम्मेवारी पुरा गर्न सक्केमा आफु ढुक्क रहेको बताएकी हुन् । उनले पदीय जिम्मेवारी सम्हाल्न सक्ने पनि बताएकी हुन् ।

उपसभामुख उम्मेदवार ठाकुर २५ वर्षकी छन् । उनले यति सानो उमेरमा पदीय जिम्मेवारी सम्हाल्नसक्नेबारे पत्रकारले सोधेको प्रश्नमा जवाफ दिँदै भनिन्,‘म सक्छु ।’

त्यसपछि पत्रकारले ‘नीति नियमका कुरा हुन्छन्, कानुन बनाउने कुरा हुन्छ । संवैधानिक पद हो यो’ भनेर प्रतिप्रश्न गरेका थिए । ‘म देशलाई सबैथोक गर्छु, सधैँ साथ दिन्छु,’ ठाकुरले थप जवाफ दिइन् ।