२७ चैत, काठमाडौं । ज्ञानेन्द्र शाही ले उपसभामुख पद राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्राथमिकतामा नरहेको स्पष्ट पारेका छन्।
प्रतिनिधिसभामा उपसभामुख चयन प्रक्रिया चलिरहँदा शाहीले पार्टीको धारणा सार्वजनिक गरेका हुन्। उपसभामुख पदका लागि राप्रपाबाट सरस्वती लामा र श्रम संस्कृति पार्टीबाट रुबी ठाकुरको उम्मेदवारी परेको छ।
सरस्वती लामाको उम्मेदवारीमा प्रस्तावक रहेका शाहीले संसद् बैठकमा बोल्दै भने, “एक थान उपसभामुख पद हाम्रो प्राथमिकता थिएन र छैन।” उनले रास्वपाको प्रस्ताव आएपछि मात्र उम्मेदवारी दिएको स्पष्ट पारे।
शाहीका अनुसार संसद्को सबैभन्दा ठूलो दलबाट आएको प्रस्तावलाई सम्मान गर्दै राप्रपाले उम्मेदवारी दिएको हो, तर उक्त पदप्रति पार्टीको विशेष प्राथमिकता भने नरहेको उनले दोहोर्याए।
यस अभिव्यक्तिले उपसभामुख निर्वाचनमा राप्रपाको भूमिकालाई लिएर नयाँ राजनीतिक संकेत दिएको छ।





