राजनीति

सुदन गुरुङलाई राजीनामा दिन साम्पाङकाे माग, दीपक भट्टसँगकाे सहकार्यले गुरुङलाई बनायो मुड अप

८ वैशाख, काठमाडौँ । सुदन गुरुङले राजीनामा दिनुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सल्लाह दिएका छन् । 

उनले सिंहदरबारमा भएको पत्रकारहरूसँगको कुराकानीमा सुदन गुरुङको विषयमा पटक पटक विवादास्पद कुराहरू आइरहेकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताए । 

बालेन शाहले लिखित स्पष्टीकरण मागेको, सुदन गुरुङ राजीनामा दिने तयारी लगायतका आएका समाचारहरू आधिकारिक पुष्टि नहुने बताइए पनि सुदन गुरुङ पछिल्लो समयमा मुडअपमा भएको निकटस्थहरूको दाबी छ । 

बिचौलिया दीपक भट्टसँगको सेयर विवादले जताततै विवादित मात्र नबनेको बरु जेनजी मोभेन्टले गुरुङको राजीनामासमेत मागिएको घटनाले गृहमन्त्री र राजनीतिक वृत्त तातेको छ ।