खेलकुद

ओमानले ‘नेपाल ए’ लाई दियो २८१ रनको लक्ष्य

९ बैशाख, काठमाडौँ । दुईदेशीय एक दिवसीय खेलमा नेपाल ए लाई ओमानले २८१ रनको लक्ष्य प्रदान गरेको छ।

मुलपानी क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८० रन बनायो।

ओमानका लागि मुजिबुर अलीले ७२ रन हाने। कप्तान जिनेन्दर सिंहले ५८, हसिर दाफेदारले ४६, जितेन रामानान्दी १७, आसिष ओडेडारा २७ रन प्रहार गरे।

अन्य ब्याटर दोहोरो रन छुन सकेन। नेपालका लागि फास्ट बलर आकाश चन्दले ४ विकेट लिए। ९ ओभर बलिङ गरेका उनले ३१ रन खर्चिए।

सन्तोष यादव २, रासिद खान, शेर मल्ल र सहाव आलामले समान १र१ विकेट लिए। अबको केहीबेरमा खेलको दोस्रो इनिङ्स सुरु हुनेछ।