९ वैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीका बोनस शेयर सूचीकृत भएका छन् ।
सूचीकृत हुने कम्पनीहरूमा ग्रीन डेभलपमेन्ट बैंक र ग्लोबल आइएमई लघुवित्त रहेका छन्।
नेप्सेका अनुसार ग्रीन डेभलपमेन्ट बैंकको ८.०३९६ प्रतिशत बोनस बापत कुल ४ लाख ५८ हजार १५ कित्ता शेयर सूचीकृत भएको छ। त्यस्तै, ग्लोबल आइएमई लघुवित्तको ४.७५ प्रतिशत बोनस बापत २ लाख ९३ हजार ९७७ कित्ता शेयर सूचीकृत गरिएको छ।
सूचीकृत भएसँगै उक्त बोनस शेयरहरू अब दोस्रो बजारमा कारोबारका लागि योग्य भएका छन्।





