आर्थिक

तोलामा १८ सय रुपैयाँले घट्यो सुनको मुल्य

१० बैशाख, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ हजार ८०० रुपैयाँले घटेको छ ।

अघिल्लो दिन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ हजार ८०० रुपैयाँले घट्दै २ लाख ९८ हजार ७०० रुपैयाँमा झरेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा ११० रुपैयाँले घट्दै ५ हजार २० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार १३० रुपैयाँमा कारोबार भएको थियो ।