१३ वैशाख, बुटवल । २४ अप्रिल २०२६ दुगड अर्थमुभर्स प्रा. लि. ले टाटा हिटाची कन्स्ट्रक्सन मेसिनरी कम्पनी लिमिटेड सँगको सहकार्यमा “हाइड्रो पावर कस्टमर मिट” कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा हाइड्रो परियोजना सञ्चालक, ठेकेदार तथा सम्बन्धित सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा टाटा हिटाचीका अन्तर्राष्ट्रिय प्रतिनिधिहरू जयकारा काल्माडी, सौरभ गुप्ता र गोपी नाथको उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन एमभी दुगड समूहका अध्यक्ष मोतीलाल दुगड ले गरेका थिए । उनले नेपालका हाइड्रोपावर परियोजनाहरूमा दिगो सहकार्यको आवश्यकता र महत्वमाथि जोड दिए।
त्यसैगरी, समूहको व्यवसायिक पोर्टफोलियोबारे कार्यकारी निर्देशक शुभम दुगड ले प्रस्तुति दिनुभयो, जसमा पूर्वाधार विकासमा समूहको योगदान र विभिन्न व्यावसायिक क्षेत्रबारे जानकारी दिइएको थियो।
प्राविधिक सत्रमा, जयकारा काल्माडीले टाटा हिटाचीको इतिहास र अन्तर्राष्ट्रिय उपलब्धिहरू प्रस्तुत गर्नुभयो भने सौरभ गुप्ताले एक्स्काभेटर तथा ब्याकहो लोडरहरूको उत्पादन दायरा, हाइड्रो परियोजनामा तिनको उपयोगिता, कार्यक्षमता तथा फाइदाबारे विस्तृत जानकारी दिए। साथै, व्यापार प्रमुख निरज सापकोटा ले हाइड्रोपावर निर्माणका लागि उपयुक्त मेसिनहरूको प्रयोगबारे जानकारी गराए।
कार्यक्रममा टाटा हिटाची उपकरणहरूको उच्च विश्वसनीयता (Reliability), टिकाउपन (Durability) तथा कठिन भौगोलिक अवस्थामासमेत उत्कृष्ट प्रदर्शन गर्ने क्षमतामाथि विशेष जोड दिइएको थियो।
समापन समारोहमा एमभी दुगड समूहका उपाध्यक्ष विवेक दुगड ले धन्यवाद ज्ञापन गरे।
कार्यक्रममा टाटा हिटाचीका ‘सिनराई पावर’ ब्याकहो लोडर, EX 215 Quarry एक्स्काभेटर र ZX 220 LC Ultra एक्स्काभेटर लगायतका मेसिनहरू प्रदर्शनमा राखिएका थिए। साथै, सहभागीहरूका लागि विशेष वारेन्टी योजना पनि उपलब्ध गराइएको आयोजकले जनाएको छ।
उक्त कार्यक्रममा सहभागीहरूको सक्रियताले अनुभव आदान–प्रदान, सहकार्य विस्तार तथा भविष्यका अवसरहरूको पहिचानमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकको विश्वास छ।





