१४ बैशाख, काठमाडौं । बालने शाह नेतृत्वको सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार ‘केही नेपाल ऐन संशोधन–२०८३’ अध्यादेश जारी गर्ने तयारी गरिएको हो ।
संवैधानिक प्रावधानलगायतका विषयलाई केन्द्रित गरी उक्त अध्यादेश ल्याउन लागिएको हो । आज मन्त्रिपरिषद् बैठक बस्दै छ ।
सो बैठकबाट अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने तयारी रहेको जनाइएको छ । सरकारले सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गर्नेछन् ।
यसअघि आह्वान भइसकेको संसद बैठक पुनः स्थगित गरिएको सूचना सार्वजनिक भएसँगै अध्यादेश ल्याउने सरकारी तयारीको चौतर्फी आलोचना भइरहेको छ ।





