राजनीति

बालेन सरकारको विद्यार्थी संगठनहरु खारेज गर्ने निर्णय गलतः हर्क साम्पाङ

१५ वैशाख, काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विद्यार्थी संगठनहरू खारेज गर्ने प्रस्तावप्रति असहमति जनाउँदै तिनलाई नियमनमार्फत व्यवस्थित गर्नुपर्ने बताएका छन्।

उनले सामानिक सञ्जालमा अभिव्यक्ति राख्दै विद्यार्थी संगठनहरू पूर्ण रूपमा हटाउनु उपयुक्त नभएको उल्लेख गरेका हुन्। उनका अनुसार विद्यार्थी आन्दोलनहरूले नेपालको लोकतान्त्रिक परिवर्तनमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्, त्यसैले तिनको अस्तित्वलाई समाप्त गर्नु उचित नहुने धारणा व्यक्त गरेका छन्।

उनले विद्यार्थी संगठनहरूलाई पारदर्शी, उत्तरदायी र व्यवस्थित बनाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन्। “खारेज होइन, नियमन गरौं,” भन्ने सन्देश दिँदै सुधारमुखी दृष्टिकोण अपनाउनुपर्ने बताएका छन्।

विद्यार्थी संगठनहरूको भूमिका र प्रभावबारे भइरहेका बहसका बीच उनले उक्त धारणा सार्वजनिक गरेका हुन्।

उनले सामाजिक सञ्जालमा आफ्नो अभिव्यक्ति यसरी व्यक्त गरेका छन् :