समाचार

सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने

२१ बैशाख, काठमाडौं । सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्नका लागि फेरि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

यसअघि सरकारले वैशाख १४ गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष पठाएको थियो। तर, राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार पुनर्विचारका लागि फिर्ता पठाएका थिए।

त्यसमाथि सोमबारको मन्त्रिपरिषद् बैठकमा छलफल भएको थियो। बैठकले अध्यादेशलाई फेरि राष्ट्रपति समक्ष पठाउने निर्णय गरेको हो।