समाचार

हिजो शक्ति बन्दुकमा थियो, आज शब्द र विचारमा छ : चन्द्र भण्डारी

८ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद चन्द्र भण्डारीले प्रविधिले मानवीय सम्बन्ध र संघर्षको स्वरूप बदलिदिएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस् लेख्दै उनले बदलिँदो समय र प्रविधिको प्रभावबारे गहिरो विश्लेषण गरेका हुन्।

नेता भण्डारीले विगतमा शक्ति बन्दुक र शारीरिक बलमा हुने गरेकोमा अहिले त्यो शक्ति शब्द र विचारमा सरेको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, हिजो शक्ति बन्दुक, शरीर र इच्छाशक्तिमा थियो, आज शब्द र विचारमै शक्ति छ। विचारका बन्दुक हात-हातमा पुर्‍याउन सकिन्छ।

सम्बन्धको फेरिएको शैलीप्रति टिप्पणी गर्दै उनले हिजो एउटा चिठीले वर्षौंसम्म सम्बन्ध जोड्ने गरेकोमा आज गुड मर्निङु र गुड नाइटु छुट्दा पनि सम्बन्ध चिसिने अवस्था आएको बताए।

समय र माध्यम बदलिए पनि भावना उही रहन्छन्, त्यसैले परिवर्तनलाई बुझेर स्वीकार गर्नुपर्छ,ू भण्डारीको भनाइ छ।