आर्थिक

तोलामा एक हजार तीन सयले घट्योः सुनको मूल्य

१२ जेठ, काठमाडौँ । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा एक हजार ३०० ले घटेको छ ।

सोमबार प्रतितोला दुई लाख ९२ हजार ८०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने दुई लाख ९१ हजार ५०० मा कारोबार हुने गरी निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा ९० ले घटेको छ । सोमबार प्रतितोला पाँच हजार १५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने पाँच हजार ६० निर्धारण भएको छ ।