प्रदेश 2

वीरगन्ज महानगरका मेयर सिंहलाई पक्राउ गर्न अदालतको अनुमति, मेयरको फोन अफ

१२ जेठ, काठमाडौँ ।   वीरगँज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पक्राउ गर्न पक्राउ पुजी जारी गरिएको छ । 

जेठ ८ गते नै जारी गरिएको पक्राउ पुजी आज मिडियामा सार्वजनिक भएको हो । 

डिएसपी हरि बस्नेतले मेयरलाई पक्राउ गर्न आदेश दिएको पुष्टि गरेका छन् । 

विभिन्न विवादमा तानिएका मेयर सिंहलाई अब पक्राउ गर्ने देखिएको छ । मेयर सिंहलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।