राजनीति

ओली–लेखकमाथि अनुसन्धान जारी, सीसीटीभी फुटेज र प्रमाण संकलनमा प्रहरी

१४ जेठ, काठमाडौं । जेनजी आन्दोलन प्रकरणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान अझै जारी रहेको प्रहरीले जनाएको छ।

हिरासतबाट रिहा भए पनि अनुसन्धान प्रक्रिया नटुंगिएको भन्दै प्रहरीले सीसीटीभी फुटेज विश्लेषण, कागजात अध्ययन तथा प्रत्यक्षदर्शीसँग बयान लिने काम भइरहेको जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आवश्यक प्रमाण संकलन कार्य निरन्तर जारी छ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओली र लेखकलाई कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेपछि अनुसन्धान अघि बढाइएको हो। यसैबीच, राष्ट्रिय मानव अधिकार आयोगले पनि उनीहरूलाई मानव अधिकार उल्लंघनकर्ता ठहर गर्दै कानुनी कारबाहीको सिफारिस गरेको छ।