सामाजिक सञ्जाल

सीमा विवादबारे सरकारसँग प्रमाण सार्वजनिक गर्न कांग्रेस नेता चन्द्र भण्डारीको माग

काठमाडौं, १७ जेठ ।  सीमा विवादबारे सरकारसँग प्रमाण सार्वजनिक गर्न कांग्रेस नेता चन्द्र भण्डारीको माग काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपालले भारतको भूमि मिचेको भन्ने दाबीको आधार, स्रोत र प्रमाण सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उनले नेपालले कुनै पनि छिमेकी मुलुकको सार्वभौमिकताको सम्मान गर्ने र कसैको भूमि नमिचेको बताएका छन्।

बरु नेपालले आफ्नो भूमि तथा राष्ट्रिय सीमाको संरक्षण, व्यवस्थापन र सुरक्षामा पर्याप्त ध्यान दिनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। भण्डारीले सीमा सम्बन्धी विषयमा दीर्घकालीन राष्ट्रिय नीति, प्रभावकारी कूटनीति र ठोस पहल आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रिय हितका सवालमा सबै नेपालीको धारणा एक हुनुपर्ने बताएका छन्।

उनले सरकारसँग प्रश्न गर्दै नेपालले भारतको सीमा मिचेको भन्ने दाबीको आधार के हो भनेर स्पष्ट पार्न आग्रह गरेका छन्। यदि सरकारसँग त्यस्तो कुनै आधिकारिक तथ्य, नक्सा, सन्धि वा अन्य प्रमाण भए सार्वजनिक गर्नुपर्ने उनको माग छ। सीमा जस्तो संवेदनशील विषयमा तथ्य, प्रमाण र पारदर्शिताका आधारमा राष्ट्रिय धारणा निर्माण हुनुपर्ने भण्डारीको भनाइ छ।