१९ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्मा प्रधानमन्त्री बालेन शाहको हाजिरीबारे प्रश्न उठाएका छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नियमावलीअनुसार प्रधानमन्त्रीले उपस्थिति जनाए वा नजनाएको स्पष्ट पार्न माग गरे। हाजिरी नगरेको अवस्थामा सांसद पद र त्यससँगै प्रधानमन्त्री पदसमेत प्रभावित हुने उनको दाबी थियो।
साम्पाङले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्तिबारे पनि स्पष्ट पार्नुपर्ने भन्दै गल्ती भएको भए माफी माग्न आग्रह गरेका छन्।





