प्रदेश 2

वीरगञ्ज मेयर राजेशमान सिंहलाई ४ लाख १५ हजार धरौटी तिर्न अदालतको आदेश

१९ जेठ, काठमाण्डौँ । जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसँग दुई वटा कसुरमा कुल ४ लाख १५ हजार रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको छ ।

जिल्ला अदालत पर्सा जिल्ला अदालत पर्सा का न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले लिखत कीर्ते मुद्दामा ४ लाख रुपैयाँ र झुट्टा विवरण पेश गरेको मुद्दामा १५ हजार रुपैयाँ गरी कुल ४ लाख १५ हजार धरौटी तोक्ने आदेश दिएको हो ।

अदालतमा दर्ता भएको दुई अलग–अलग कसुरमा सुनुवाइ गर्दै यस्तो आदेश जारी गरिएको हो । लिखत कीर्तेसम्बन्धी आरोपमा मुख्य धरौटी र झुट्टा विवरण पेश गरेको अभियोगमा छुट्टै धरौटी तोकिएको अदालत स्रोतले जनाएको छ ।

यस निर्णयसँगै मेयर सिंहले तोकिएको धरौटी बुझाएपछि मात्र थप कानुनी प्रक्रिया अघि बढ्नेछ ।