समाचार

सशस्त्र मुख्यालयमा आगलागी : डीआईजी को नेतृत्वमा छानबिन समिति गठन

२१ जेठ, काठमाडौँ ।  सशस्त्र प्रहरी बल नेपाल (सशस्त्र प्रहरी बल नेपाल) को मुख्यालयस्थित एमटी (सवारी) शाखामा भएको आगलागी घटनाको छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन गरिएको छ।

डीआईजी सन्दीप थापा को संयोजकत्वमा गठन गरिएको समितिले घटनाको कारण र क्षतिको विस्तृत अध्ययन सुरु गरिसकेको छ।

बुधबार राति करिब ८ बजे सशस्त्र प्रहरी मुख्यालयको सवारी शाखामा आगलागी भएको थियो। आगलागीबाट केही सवारीसाधनमा क्षति पुगेको प्रहरीले जनाएको छ।

घटनापछि बंगलामुखी गणबाट खटिएको टोलीले आगो नियन्त्रणमा लिएको थियो। यसअघि पनि मुख्यालय र सतंगलस्थित स्टोरमा आगलागीका घटना भइसकेका कारण घटनालाई गम्भीर रूपमा लिइएको छ। समितिलाई छिटो प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।