समाचार

हेन्ली पासपोर्ट इन्डेक्स : नेपाली पासपोर्टमा सुधार, ४ स्थान उक्लिँदै ९७औं स्थानमा

२१ जेठ, काठमाडौं ।  हेन्ली पासपोर्ट इन्डेक्स–२०२६ अनुसार विश्व पासपोर्ट र्‍यांकिङमा सिंगापुर पहिलो स्थानमा रहेको छ। सिंगापुरका नागरिकले १९२ देशमा भिसाविना प्रवेश पाउने गरी सबैभन्दा शक्तिशाली पासपोर्ट बनेको हो।

यसैबीच, नेपालको पासपोर्ट र्‍यांकिङमा सुधार देखिएको छ। गत वर्ष १०१औं स्थानमा रहेको नेपाल यस वर्ष ४ स्थान माथि उक्लिँदै ९७औं स्थानमा पुगेको छ। नेपालसँगै उत्तर कोरिया पनि ३५ भिसा-फ्री स्कोरसहित ९७औं स्थानमा रहेको छ।

प्रतिवेदनअनुसार अमेरिका पुनः शीर्ष १० मा फर्किँदै १०औं स्थानमा पुगेको छ भने अफगानिस्तान सबैभन्दा कमजोर पासपोर्टका रूपमा पुछारमा रहेको छ।

छिमेकी देश भारत ७८औं स्थानमा र चीन ५६औं स्थानमा रहेको छ। पाकिस्तान भने १००औं स्थानमा परेको छ।