२२ जेठ, काठमाडौँ । सुदन गुरुङकोलाई पुनः गृहमन्त्री बनाउने भन्दै सर्वसाधारण हरुले उनले गल्ती नगरेको छानबिन समितिले पुष्टि गर्ने दाबी गरेका छन् ।
सर्वसाधारणहरुले सामाजिक सञ्जालका लेख्दै प्रधानमन्त्री शाहले जिम्मा लिएको गृहमन्त्रालयको जिम्मेवारी सुदन गुरुङलाई नै दिनेमा विश्वास गरेको बताइरहेका छन् ।
विभिन्न आरोप लागेपछि गृहमन्त्रीबाट राजीनामा दिएका गुरुङले पनि आफू गृहमन्त्रीमा फर्किने आफ्ना निकटकालाई बताइरहेको समाचार आइरहेका छन् ।
प्रधानमन्त्री शाहले १८२ जना रास्वपाका सांसदहरू भए पनि अर्को कुनै पनि सांसदलाई गृहमन्त्रीका रूपमा स्विकार्न नसक्नु सुदन गुरुङको विवाद टुङ्ग्याउन चाहेको देखिन्छ ।
भारत भ्रमणमा रहेका रास्वपाका सभापति रवि लामिछानेले समेत सुदनलाई परिवर्तन गर्न कुनै पनि भूमिका नखेली बालेन शाहकै इच्छा अनुसार गृहमन्त्री नियुक्त गर्न सहमति गरेको रास्वपाका सांसदहरूले अनौपचारिक रूपमा बताइरहेका छन् ।
राजीनामा दिएको यति लामो समय भए पनि देशमा नयाँ गृहमन्त्री नियुक्त हुन नसकेको भन्दै विपक्षीहरूले विरोध गरिरहेका छन् भने प्रधानमन्त्री शाहले विपक्षीलाई गृहमन्त्री नियुक्त गरेर देखाइदिन सकेका छैनन् । गृहमन्त्रीमा सुदन आए वा अन्य कुनै साँसद भए पनि निकट भबिष्यमा देखिने निश्चित छ ।
सर्वसाधारणको स्टाटस्ः
अन्ततः सुधन गुरुङले पुनः गृहमन्त्रीमा इन्ट्री मार्ने भएछन्। मैले पाएको सूचना अनुसार उनी सोमबारसम्म गृहमन्त्री हुनेछन्।
सम्भवतः यसै साताभित्र उनको शपथ हुने तयारी रहेछ।
सुधनको सम्पूर्ण सम्पत्ति छानबिन गर्न र उनीमाथि लागेका आरोपहरूको अनुसन्धान गर्न जुन समिति बनाइएको थियो, त्यसले तयार गरेको प्रतिवेदनमा सुधनको कुनै कैफियत नदेखिएको रहेछ। अर्थात्, उनी कानुनी रूपमा गृहमन्त्री हुन योग्य ठहरिएका रहेछन्। अग्रिम बधाई, सुधनजी।
अब अड्किएका सबै पुराना फाइल खोल्न अड्डा–अदालतमा सहजीकरण गरिदिनुस्। जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्नुस्। हिजोका तमाम भ्रष्टाचारका फाइल धमाधम अनुसन्धान गर्न प्रहरीलाई ढुक्कसँग काम गर्ने वातावरण निर्माण गरिदिनुस्। उत्तरतर्फका नाका खोल्न सुरक्षा प्रत्याभूति दिनुहोस् । व्यापारमा दक्षिणको एकाधिकार छ । यो सिन्डिकेट तोड्न उत्तरी नाका खुलाउन गृह मन्त्रालयले महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ ।
अर्को एउटा काम पनि गरिदिनुस् है, सुधनजी। उपत्यकामा कवाडी सङ्कलकहरूको ध्वनि प्रदूषणले नेपाललाई भारतको बिहारजस्तै बनाएको छ। गृह मन्त्रालयको आदेशबाट कवाडी सङ्कलनमा डिजिटल प्रणाली लागू गरियोस् है।
(शुभकामना।





