ब्रेकिङ न्युज

भारतबाट फर्केपछि पत्रकारसंग रवि : मोदीलाई नेपाल आउन निमन्त्रणा गरेको छु

२२ जेठ , काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी दिएका छन् ।

त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ुमैले भारतका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएको छु । अब उहाँ कहिले आउनुहुन्छ भन्ने कुरा भने दुई पक्षले आवश्कयताका आधारमा मिति तय हुन्छ होला ।ु

लामिछानेले मोदी नेपाल भ्रमणका लागि सकारात्मक रहेको पनि जानकारी दिए । त्यसैगरी, भाजपाका अध्यक्षलाई पनि निमन्त्रणा गरेको उनले बताए ।

रवि पाँचदिने भारत भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्केका हुन् ।