२२ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले परराष्ट्र नीति पार्टीको विषय नहुने बताएका छन् ।
आज भारत भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारेको अभिव्यक्तिप्रति सोधिएको प्रश्नमा उनले परराष्ट्र मामिला पार्टीपिच्छेको नहुने बताए ।
“परराष्ट्र मामिलासम्बन्धी विषय, परराष्ट्र सम्बन्धका विषय, कुनै देशसँगको सम्बन्धको विषय, राष्ट्रको परराष्ट्र नीतिजस्ता विषय पार्टीपिच्छेको हुँदैन । देशको हुन्छ,” उनले भने ।
उनले प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा परराष्ट्रले आधिकारिक धारणा सार्वजनिक गरिसकेको बताए ।
उनले थप आधिकारिकता खोज्नुपर्ने आवश्यकता नदेखिएको समेत बताए । प्रधामन्त्रीले शाहले सदनमा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भनेर बोलेका थिए ।





