२३ जेठ, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूलाई न्याय र राजनीतिसँग मात्र नजोडी साहित्यकारका रूपमा पनि चिन्न आग्रह गरेकी छन्।
ललितपुरमा आयोजित साहित्य महोत्सवमा बोल्दै कार्कीले अबको समय साहित्य सिर्जनामै केन्द्रित गर्ने बताइन्। उनले न्यायपालिका र सार्वजनिक जीवनमा निभाएको भूमिका कर्तव्यका कारण भएको उल्लेख गर्दै साहित्य भने आफ्नो वास्तविक रुचि र लगावको क्षेत्र रहेको बताइन्।
जनआन्दोलनका क्रममा जेल बस्दाको अनुभव र महिला बन्दीहरूको पीडालाई आधार बनाएर उपन्यास लेखेको स्मरण गर्दै उनले आगामी दिनमा थप कथा र उपन्यास प्रकाशन गर्ने योजना रहेको जानकारी दिइन्।





