२५ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सर्वदलीय बैठक सरकारले बोलाउनुपर्ने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सर्वदलीय बैठक आह्वान गरेको र बसेको सन्दर्भमा उनले यस्तो बताएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “बैठक रविजीले होइन, सरकारले बोलाउनुपर्थ्यो ।”
आज सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बसेको सर्वदलीय बैठकमा श्रम संस्कृतिका कोही पनि सहभागी भएनन् ।






