२७ जेठ, काठमाडौं । विराटनगरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको पहिलो अधिवेशनमा उम्मेदवारी शुल्कलाई लिएर चर्चा भएको छ।
पार्टीले सभापति पदका लागि २१ हजार रुपैयाँ, उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि १७ हजार ५ सय रुपैयाँ तथा सदस्य पदका लागि १० हजार रुपैयाँ मनोनयन शुल्क तोकेको छ।
उच्च शुल्कका कारण केही प्रतिनिधिले सदस्य पदमा उम्मेदवारी दर्ता नगरेको गुनासो गरेका छन्। प्रतिनिधि तथा पर्यवेक्षक दर्ताका लागि भने १ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
रास्वपाको कोशी प्रदेश समिति ६१ सदस्यीय रहनेछ भने सभापति पदमा सात जनाले उम्मेदवारी दर्ता गराएका छन्।





