कर्णाली प्रदेश

कर्णालीको बजेटमा मन्त्रिपरिषद्को सहमति, के-के छन् प्राथमिकता ?

१ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट मन्त्रिपरिषद्बाट स्वीकृत गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बजेटलाई अन्तिम स्वीकृति दिँदै प्रदेशसभामा पेश गर्ने बाटो खुला गरेको हो।

सरकारका प्रवक्ता विनोदकुमार शाहका अनुसार बैठकले कर्णाली प्रदेश आर्थिक विधेयक–२०८३ र विनियोजन विधेयक–२०८३ लाई पनि प्रदेशसभामा पेश गर्न स्वीकृति दिएको छ।

मन्त्रिपरिषद्को स्वीकृतिसँगै अब आगामी आर्थिक वर्षको बजेट प्रदेशसभा बैठकमा प्रस्तुत गरिनेछ, जहाँ छलफलपछि पारित प्रक्रिया अघि बढाइनेछ।