कर्णाली प्रदेश

२८ र २९ गते कर्णाली प्रदेशस्तरीय भेला गर्दै कांग्रेस, सभापति थापा जाने

२७ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले सुर्खेतको वीरेन्द्रनगरमा भोलि र पर्सि कर्णाली प्रदेशस्तरीय भेला गर्ने भएको छ ।

विशेष महाधिवेशनपछि २८ र २९ वैशाखमा प्रदेश तथा स्थानीय तहकेन्द्रित भेला गर्न लागेको हो ।

भेलालाई कांग्रेस सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेललगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा प्रदेशस्तरीय भेलाको आयोजना गरिएको हो ।

पार्टीका शीर्ष नेताहरूको सहभागितामा आयोजना हुने भेला आगामी राजनीतिक कार्यदिशा, निर्वाचन समीक्षा तथा सुशासनका सवालमा केन्द्रित रहने जनाइएको छ ।

भेलामा कर्णाली प्रदेशबाट पार्टीको केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने सम्पूर्ण केन्द्रीय सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, १० वटै जिल्लाका सभापति, प्रतिनिधिसभा सदस्य, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुख तथा गाउँपालिका अध्यक्ष–उपाध्यक्षहरूको सहभागिता रहने बताइएको छ ।