ब्रेकिङ न्युज

रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीले भाषण गर्दा  प्रतिनिधिले किन भने ‘नो’ ?

७ असार, काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशनमा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीलाई महाधिवेशन प्रतिनिधिले विरोध गरेका छन् ।

प्रारम्भिक दिनहरूमा घोषणापत्रसँग मेल नखाने घटनाहरु भएको भन्दै नेता ज्ञवालीले एक्सिलरेटर र ब्रेक सँगसँगै थिच्दा दुर्घटना पनि हुनसक्ने बताएपछि महाधिवेशन प्रतिनिधिले ‘नो’ भन्दै विरोध जनाएका थिए ।

स्वयंसेवकहरूले महाधिवेशन प्रतिनिधिलाई ‘नो’ भन्नबाट रोके पनि उनीहरूले ज्ञवालीको यी भनाइहरुमा आपत्ति जनाएका थिए ।