ब्रेकिङ न्युज

घण्टी बजाउँदै सुरु भएको रास्वपा महाधिवेशनको उद्घाटन सत्र यसरी टुंगियो

७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ।

महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले संयुक्त रूपमा घण्टी बजाएर गरेका थिए। उद्घाटनको प्रतीकका रूपमा प्रयोग गरिएको घण्टी समापनका बेला पनि दुवैले पुनः बजाउँदै पहिलो दिनको उद्घाटन सत्र औपचारिक रूपमा टुंग्याएका हुन्।

रास्वपाको इतिहासमा पहिलो पटक आयोजना गरिएको यो महाधिवेशन तीन दिनसम्म सञ्चालन हुनेछ। महाधिवेशनमा पार्टीको भावी नेतृत्व, संगठन विस्तार र आगामी राजनीतिक कार्यदिशाबारे महत्वपूर्ण छलफल तथा निर्णय हुने अपेक्षा गरिएको छ।