८ असार, धनगढि । कैलालीको धनगढी उपमहानगरपालिकाले पालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा ४ दिन बिदा दिने निर्णय गरेको छ।
अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि पालिकाले असार ९ गतेदेखि १२ गतेसम्म विद्यालयमा बिदा दिने निर्णय गरेको हो ।
बढ्दो अत्यधिक गर्मीका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गरेर बर्खे र हिउँदे बिदाबाट मिलान गर्नेगरी बिदा दिएको शिक्षा अधिकृत जयराज जैशीले बताए ।
साथै, तातो हावाबाट बच्न सावधानीका उपायहरु अबलम्वन गर्न पनि धनगढी उपमहानगरपालिकाले अनुरोध गरेको छ ।






