९ असार, काठमाडौं । नेपाली कांग्रेसका
सभापति गगनकुमार थापाले नेताहरूले छिया-छिया पारेको कांग्रेस बनाउन आफू आएको आएको बताएका छन्।
झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले पछिल्लो ८-१० वर्षमा नेपाली कांग्रेसलाई छिया-छिया पारिएको भन्दै नेताहरू प्रति उनले कटाक्ष गरेका छन् ।
थापाले अहिले पार्टीलाई बनाउँछु भनेर आएको बेलामा अनेक प्रस्ताव गरेर अप्ठ्यारो पार्न खोजे नटेरेरै अघि बढ्ने बताएका हुन् ।
उनले पार्टीको सदस्यता अध्यावधिक नगर्ने नेता कार्यकर्तालाई पनि चेतावनी दिएका छन् ।





