९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनअन्तर्गत भोलि पहिलो चरणको मतदान सुरु हुने भएको छ।
आज केन्द्रीय निर्वाचन आयोगले संशोधित कार्यतालिका प्रकाशन गर्दै भोलि बिहानदेखि मतदान हुने जनाएको हो।
पहिलो चरणमा पार्टी सभापति र केन्द्रीय सदस्यहरूका लागि निर्वाचन हुनेछ।
मतदानको समय भने खुलाइएको छैन। मतदान सम्पन्न भएको दुई घण्टापछि पहिलो चरणको मतगणना र मतपरिणाम घोषणा गर्ने आयोगका प्रमुख भुवन केसीले जानकारी दिए।
उनका अनुसार दोस्रो चरणको उम्मेदवारी र अन्य थप निर्वाचन कार्यतालिका पछि प्रकाशन गरिनेछ।
आज उम्मेदवारीहरुका प्रारम्भिक नामावली, दावी विरोध, उममेदवारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशनलगायतका काम गरिनेछ। साथै मौन अवधि आजै राति पौने १२ बजेदेखि लागू हुनेछ।






