१० असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनअन्तर्गत उमेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ । बुधबार दिउँसो प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो ।
भुपदेव शाह, सुनिल लम्साल, सुधन गुरुङले केन्द्रीय सदस्यमा उमेदवारी दिएका छैनन् । रास्वपा निर्वाचन आयोगले केन्द्रीय सदस्यका निम्ति ३८४ उमेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ ।














